रविना–विनय टिमलाई चितवनमा स्वागत

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवार रविना थापासहितको टिमलाई चितवनमा स्वागत गरिएको छ । उक्त टिमलाई चितवनमा आयोजित एक कार्यक्रमका बीच स्वागत गरिएको हो ।
नेपाली कांग्रेस चितवन जिल्लाका पूर्व सभापति तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले अध्यक्षका उम्मेदवार थापा, उपाध्यक्षका उम्मेदवार जय प्रकाश गुरुङ र महासचिव विनय अधिकारीलाई सम्मान गरे । गत असोज ७ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर थापाको टिमले कात्तिक हुने एनआरएनएको १० औँ राष्ट्रिय सम्मेलनमा हुने निर्वाचनमा संघको २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
सो अवसरमा पूर्व मन्त्री अधिकारीले आगामी १० औँ महाधिवेशनमा जितेर आउन बधाई तथा शुभकामना व्यक्त गरे । उनीहरूले गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।
अध्यक्षकी प्रत्याशी थापाले एनआरएनए परिवर्तनका लागि महिला नेतृत्वको आवश्यकता रहेको र विदेशमा हासिल गरेको सीपलाई व्यवसायीकरण गर्ने योजनासमेत रहेको बताइन् । ‘सन् २०१३ देखि संघमा आबद्ध छु,’ महासचिवका प्रत्याशी विनय अधिकारीले ‘एनआरएनए यूकेको उपमहासचिव रहेर काम गरेको अनुभव छ । यही अनुभवले गरेर महासचिवमा उम्मेदवारी दिने आत्मविश्वास आएको हो ।’
उक्त टिमले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताएका छन् । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने उनीहरूको योजना छ ।
















विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया