धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु, पाँच गल्ती गरेमा लाइसेन्स खारेज

धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमतिपत्रका लागि १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।
परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए ।
उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताए ।
‘परीक्षार्थीले परीक्षा दिएको एक हप्तामा एक वर्षीय परीक्षण लाइसेन्स दिनेछौँ, सवारी चालक अनुमति पत्र लिनुभएकाहरुले उक वर्ष भित्र ५ वटा मिस्टेक भन्दा बढी गर्नुभयो भने लाइसेन्स खारेज हुन्छ, गल्ती गर्नुभएन भने स्मार्ट लाइसेन्स दिनेछौँ ।’– उनले भने ।
चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ । परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन् ।

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया