मंगलबार, फागुन २६, २०८२

ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर उपहार

मेरोन्यूज २०७८ असोज १३ गते १६:३९

काठमाडौँ । वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर प्रदान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले बिद्युतीय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

स्कुटरको चावी बुझ्दै एसएसपी भट्टराईले सार्वजनिक सवारी साधनहरूमा छुट्याइएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापन गर्न परिचालन गरिने महिला महिला ट्राफिक प्रहरीले स्कुटर प्रयोग गर्ने बताए ।

स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने बताउँदै उनले यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

स्कुटरको चावी हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।

उनले वातावरणमैत्री स्कुटरले ध्वनी प्रदुषण तथा वातावरण प्रदुषणमा समेत योगदान गर्ने वताए ।

उक्त कार्यक्रममा महाशाखाका उच्च प्रहरी अधिकृत तथा वर्ल्डलिंकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया