ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् ।
बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले पराजित गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चुनिएका छन् ।
समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा चयन भएका छन् ।
नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिनालाई निर्वाचित भएकी छन् भने अर्का उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन् ।
नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ ।
सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ छन् ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया