ईपीएलः भैरहवाको पहिलो जीत

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जीत हात पारेको छ । काठमाडौंका त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले जीत हात पारेको हो ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जीतमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन जोडे । कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे ।
प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२–१२ रन जोडे भने आरिफ शेख सून्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिएका थिए भने करण केसी र बसन्त रेग्मीले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो ।
वर्षाका कारण भैरहवाले यसअघिको खेलमा अंक बाँडेको थियो । जीतसँगै भैरहवाले ३ अंक जोडेको छ ।
बुधबार नै भएको अर्को खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो ।









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया