ईपीएलः भैरहवाको पहिलो जीत

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जीत हात पारेको छ । काठमाडौंका त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले जीत हात पारेको हो ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जीतमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन जोडे । कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे ।
प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२–१२ रन जोडे भने आरिफ शेख सून्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिएका थिए भने करण केसी र बसन्त रेग्मीले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो ।
वर्षाका कारण भैरहवाले यसअघिको खेलमा अंक बाँडेको थियो । जीतसँगै भैरहवाले ३ अंक जोडेको छ ।
बुधबार नै भएको अर्को खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको थियो ।


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया