एमाले विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन हँुदैछ । आज शुक्रबार देखि आइतबारसम्म एमालेको विद्यान महाधिवेशन हुने भएको हो ।
एमालेले पहिलो पटक विद्यान महाधिवेशन गर्न लागेको हो । यसअघि पार्टीको महाकिधवेशनमा नीति र नेतृत्व चयन गर्र्दै आएको एमालेले यसपटकबाट नीति र नेतृत्वको महाधिवेशन अलग अलग गर्न लागेको छ । विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । पार्टी विभाजनपछि एमालेको विधान महाधिवेशन हुन लागेको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा), एमालेको विभाजन, सबैभन्दा ठुलो पार्टी भएपनि प्रमुख प्रतिपक्षमा पुगेको एमालेको विधान महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । महाधिवेशनमा प्रतिनिधि सभाको विघटन, सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीबाट पदमुक्त भएको लगाएतका विषयमा छलफल हुनेछ ।
एमाले विधान महाधिवेशनमा पार्टीका पूर्व प्रमुखहरुको उपस्थित हुने छैन् । एमाले विभाजन गरी माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेका छन् । नेपालसँग झलनाथ खनाल र एमालेका संस्थापक मुकुन्द न्यौपाने पनि गएका छन् । एमकाले विधान महाधिवेशन नेकपा विभाजन हुँदा एमालेमै रहेका माओवादी केन्द्रका नेताहरु पनि सहभागी हुनेछन् ।
एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ । विधान महाधिवेशनले दशौँ राष्ट्रिय महाधिवेशनको नीति तय गर्नेछ । एमाले नेतृत्व निमाण पनि विधान महाधिवेशनले नै तय गर्नेछ । विधान महाधिवेशनबाट पारित दस्तावेज अनुसार नै एमालेले पार्टीको नेतृत्व चयन र नीति निमार्ण गर्नेछ ।
विधान महाधिवशेनलार्ई अध्यक्ष केपी शर्मा लगाएतका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि बन्दसत्रमा अध्यक्ष ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विद्यान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् । महाधिवेशनको दोस्रो दिन १६ गते समूहगत छलफल र समूह नेताबाट सुझाव प्रस्तु, तेस्रो दिन १७ गते समूह नेताबाट आएका सुझावबारे स्पष्ट गरिनेछ ।
महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजलाई पारित गरेर विधान महाधिवेशन सकिने छ ।

















आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया