एमाले विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन हँुदैछ । आज शुक्रबार देखि आइतबारसम्म एमालेको विद्यान महाधिवेशन हुने भएको हो ।
एमालेले पहिलो पटक विद्यान महाधिवेशन गर्न लागेको हो । यसअघि पार्टीको महाकिधवेशनमा नीति र नेतृत्व चयन गर्र्दै आएको एमालेले यसपटकबाट नीति र नेतृत्वको महाधिवेशन अलग अलग गर्न लागेको छ । विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । पार्टी विभाजनपछि एमालेको विधान महाधिवेशन हुन लागेको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा), एमालेको विभाजन, सबैभन्दा ठुलो पार्टी भएपनि प्रमुख प्रतिपक्षमा पुगेको एमालेको विधान महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । महाधिवेशनमा प्रतिनिधि सभाको विघटन, सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीबाट पदमुक्त भएको लगाएतका विषयमा छलफल हुनेछ ।
एमाले विधान महाधिवेशनमा पार्टीका पूर्व प्रमुखहरुको उपस्थित हुने छैन् । एमाले विभाजन गरी माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेका छन् । नेपालसँग झलनाथ खनाल र एमालेका संस्थापक मुकुन्द न्यौपाने पनि गएका छन् । एमकाले विधान महाधिवेशन नेकपा विभाजन हुँदा एमालेमै रहेका माओवादी केन्द्रका नेताहरु पनि सहभागी हुनेछन् ।
एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ । विधान महाधिवेशनले दशौँ राष्ट्रिय महाधिवेशनको नीति तय गर्नेछ । एमाले नेतृत्व निमाण पनि विधान महाधिवेशनले नै तय गर्नेछ । विधान महाधिवेशनबाट पारित दस्तावेज अनुसार नै एमालेले पार्टीको नेतृत्व चयन र नीति निमार्ण गर्नेछ ।
विधान महाधिवशेनलार्ई अध्यक्ष केपी शर्मा लगाएतका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि बन्दसत्रमा अध्यक्ष ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विद्यान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् । महाधिवेशनको दोस्रो दिन १६ गते समूहगत छलफल र समूह नेताबाट सुझाव प्रस्तु, तेस्रो दिन १७ गते समूह नेताबाट आएका सुझावबारे स्पष्ट गरिनेछ ।
महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजलाई पारित गरेर विधान महाधिवेशन सकिने छ ।
प्रतिक्रिया