ललितपुरले बनायो इपीएलमा कीर्तिमानी योगफल

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ललितपुरले ठूलो लक्ष्य देखाएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा शुक्रबार जारी खेलमा ललितपुरका मतुल्लाह ओमरजाई र सान्दुन विराक्कोडीको अर्धशतकमा विराटनगर वारियर्सलाई इतिहासकै सर्वाधिक ठूलो २ सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको छ । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्कासहित ५८ रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । स्पिनर वसन्त रेग्मीको १४ औं ओभरको तेस्रो बलमा डिप मिड विकेटमा सुमित महर्जनले आजमतुल्लाह २ रनमा क्याच ड्रप गरेका थिए । जुन विराटनगरलाई गारो परेको छ ।
विराटनगरलाई ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर दीलशान मुनावीराले छैटौं ओभरको अन्तिम बलमा कुशललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
कुशलले १७ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्कासहित २८ रन जोड्दै आउट भए । योगेन्द्र सिकन्दर राजाको ११ आँं ओभरको अन्तिम बलमा सुमित महर्जनबाट क्याच आउट भए ।
१३ औँ ओभरको पहिलो बलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पवन सरार्फलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए । वसन्तले १४ औं ओभरको दोस्रो बलमा सान्दुनको बल व्यक्तिगत ६६ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा सुमितले ओमरजाईको क्याच ड्रप गरेका थिए ।
नारायण जोशीले रामनरेश गिरीलाई अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । जोशी ४ बलमा ३ छक्कासहित १८ रनमा अविजित रहे । समग्रमा ललितपुरले खेलमा १९ छक्का प्रहार गरेको थियो । विराटनगरका करण केसीले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी., सिकन्दर राजा र दिलशान मुनाविराले १–१ विकेट लिए ।

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
कैलालीमा गोली हानी श्रीमतीको हत्या अनी आफैमाथि चलाए बन्दुक
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया