मंगलबार, फागुन ६, २०८१

एमाले र माओवादीको एकता ऐतिहासिक थियो : केपी ओली

मेरोन्यूज २०७८ असोज १५ गते १४:५९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी आफ्नो पार्टीले जनताको भावनानुसार काम गर्न सफल भएको बताएका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको पहिलो विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन् ।

Advertisement
IMEnabil

यस्तै, महाधिवेशनमा बोल्दै ओलीले एमाले र नेकपा माओवादी केन्द्रको एकता ऐतिहासिक भएको बताए । उनले यो नेपालको राजनीतिक भूमिकामा एक ठूलो परिघटना भए पनि पूर्ण हुन नसकेको बताएका थिए ।

‘पार्टीको पहिलो महाधिवेशनमा नै महासचिवबाट पुष्पलाललाई हटाएसँगै विचलनको सुरु हुन पुगेको हो,’ महाधिवेशनमा बोल्दै उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलको दुःखद, विघटन र विचलनको सुरु हुन पुग्यो ।’

उनले झापा विद्रोहबाट पहिलोपटक राजतन्त्रको विरुद्धमा आवाज उठ्न सुरु भएको समेत बताएका थिए ।

केही समय आफ्नो प्रतिवेदन पेश गरेका ओलीले आफू अस्वास्थ्य भएको भन्दै नेता शंकर पोखरेललाई आफ्नो प्रतिवेदन पेश गर्न दिएका थिए । उनले आफूलाई कठिन भएको भन्दै नेता पोखरेललाई बाँकी प्रतिवेदन प्रस्तुत गर्न दिएका हुन् ।

प्रतिक्रिया