बिहीबार, वैशाख १७, २०८३

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

मेरोन्यूज २०८३ वैशाख १७ गते ८:११

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् ।

Advertisement
NiccNicc

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केको दुई साता नपुग्दै गोर नेपाल आउन लागेका हुन् ।

भारतका लागि अमेरिकी राजदूत समेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजनामा छन् । तर प्रधानमन्त्री शाहले हालसम्म भेटघाटका लागि ग्रिनसिग्नल दिएका छैनन् ।

बालेन सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै कार्यतालिका छैन । यद्यपि भेटघाटका लागि दबाब रहेको छ ।
नेपालमा प्रधानमन्त्री बालेनसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको भेटघाटको निश्चित भएको छ ।

प्रतिक्रिया