न्यू डायमन्ड र त्रिभुवन आर्मी एनभीए च्याम्पियन

काठमाडौं । छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेटमा २५–१७ को जीतको नतिजा निकालेको थियो ।
पहिलो सेट गुमाएको न्यू डायमन्डले लगातार तीन सेट जित्दै उपाधि हात पा¥यो । न्यू डायमन्डले उपाधिसँगै चार लाख रूपैयाँ नगद पुरस्कार पाएकोछ ।
यस्तै, उपविजेता एपीएफले दुई तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबले एक लाख रूपैयाँ प्राप्त गरेको छ ।
यस च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा हुने लिगका लागि छनोट पनि भएका छन् ।









कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया