कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

काठमाडौँ । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १३५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे ।
यस्तै उपसभापतिद्वयमा नवराज अर्याल १२५ र जमुना तिमिल्सिना १२३, सचिवद्वयमा राजु फुँयाल १२६ र शंकर तिमिल्सिना ११७,सहसचिवद्वयमा सरस्वती पौडेल ११७ र अप्सरा खड्का ११४ मत प्राप्त गरी विजय भएका छन् ।
यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । उनले १५५ मत प्राप्त गरेका थियो भने उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेका थिए ।
यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ १८१ र शम्भु कार्की १७०, सचिवद्वयमा विजेन्द्र श्रेष्ठ २०६, विजेन्द्र पुडासैनी १७१,सहसचिवद्वयमा कुमार खड्का १४५ र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएको निर्वाचन समितिले जनाएको छ ।
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया