करेण्टमा परी मकुना हात्तीको मृत्यु

काठमाडौँ । कोशी टप्पु वन्यजन्तु आरक्षमा रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ ।
आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धान खेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । उनका अनुसार हात्ती आज बिहान मृत भेटिएको थियो ।
आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए ।
आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ । केही साताअघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो । जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो ।
मकुना जंगली हात्ती भए पनि रैथानेका रुपमा लामो समययता आरक्षमा बस्दै आएको थियो । मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो । मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत हो ।
मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरीका एक दर्जन बढीको ज्यान लिएको थियो ।

















राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया