शान्ति गुरूङलाई अन्तर्राष्ट्रीय मानववादी पुरस्कार

काठमाडौ । मानववाद प्रबर्ध्दन तथा सँबर्धनमा समर्पित भै अघि बढिरहेको अन्तर्राष्ट्रीय सँस्था ह्युमानिष्ट इन्टरनेशनल बेलायतले नेपाली मानववादी अभियन्ता शान्ति गुरूङलाई इन्टरनेशनल ह्यूमानिष्ट एवार्ड (अन्तर्राष्ट्रीय मानववादी पुरस्कार),२०२१ प्रदान गरेको छ ।
शान्ति गुरूङ यस किसिमको अन्तर्राष्ट्रीय मानववादी पुरस्कार पाऊँने पहिलो नेपाली र पहिलो एशियाली महिला हुन् । यस अघि यस किसिमको पुरस्कार एशियाबाट भारतीय मानववादी अभियंता प्रा । नरेन्द्र नायकले प्राप्त गरेका थिए ।
नेपाली समाजमा विद्यमान अन्धविश्वास,कुरीति तथा कुसँस्कार विरूद्ध निष्ठापूर्वक गरेको कार्यको उच्च मूल्यांकन गरी पहिलो पटक एशियाली महिला शान्ति गुरूङलाई यो पुरस्कार प्रदान गरिएको कुरा उक्त सँस्थाले जनाएको छ ।
यस बर्ष सो पुरस्कार १५ अगस्त २०२१ मा स्कॉटलैंडमा प्रदान गर्ने कार्यक्रम भएपनि कोभिड-१९ को कारण नेपालमै प्रदान गरिएको कुरा बेलायतस्थित सँस्थाको प्रधान कार्यालयका मैनेजर जियोभान्नि गाएटेनीले जनाएका छन् ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया