आईपीएलमा दिल्ली शीर्षस्थानमा
मेरोन्यूज
२०७८ असोज १९ गते ६:४५

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । दुबईमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली अंकतालिकाको शीर्षस्थानमा पुगेको हो ।
दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको थियो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गरेको थियो । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे । चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २र२ विकेट लिए । दिल्लीको १३ खेलमा २० अंक छ भने १८ अंक रहेको चेन्नई दोस्रो स्थानमा छ ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया