यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन

जुम्ला । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख २४ गतेसम्म रु एक करोड १६ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु दुई करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम सङ्कलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।
सङ्कलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ रु १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत रु चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ रु ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत रु एक हजार ५७५ रहेको छ ।
कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन् । सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल–स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ ।
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया