आइतबार, चैत १०, २०८१

केही घण्टा फेसबुक डाउन हुँदा जुकरबर्गले गुमाए ७ खर्ब रुपैयाँ

मेरोन्यूज २०७८ असोज १९ गते १२:३०

काठमाडौँ । सोमबार राति केही घण्टा फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा सिइओ मार्क जुकरबर्गलाई ७ खर्ब रुपैयाँ (६ अर्ब अमेरिकी डलर) नोक्सानी पुगेको छ । केही घण्टामा नै उनको कूल सम्पत्तिमा ७ खर्ब रुपैयाँ नोक्सान भएको समाचारमा जनाइएको छ ।

यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् । फेसबुकसँगै अन्य सेवाहरू इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनीहरू घण्टौँसम्म ठप्प भएको थियो ।

नेपाली समयानुसार सोमबार राति करिब १० बजेदेखि केही घण्टा विश्वभर फेसबुकका सबै सेवा अवरुद्ध भएको थियो । एजेन्सी

प्रतिक्रिया