पर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौँको न्यूरोड र मख्खन गल्लीमा अनुगमन गरेको हो ।
बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खन गल्लीमा ७ वटाभन्दा धेरै पसलमा अनुगमन गरेको बताए । उनले पसलहरूले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरूको अनुगमन गरेको बताए । अनुगमनमा मुख्य समस्या खरिद बिक्री बिलको रहेको बताए ।
उनले तीन जनालाई तत्काल जरिवाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए । उनले पसलमा मुख्य व्यापारी नभएकाले तीन दिनभित्र विभागमा उपस्थित हुनु पर्ने बताए ।
‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ, आज न्यूरोड र मख्खनगढीमा हाम्रो टोलीले अनुगमन गरेको छ,’ निरीक्षण अधिकृत झाले भने, ‘त्यहाँका ७ वटाभन्दा धेरै पसलमा अनुगमन गरेका छौँ, त्यसमध्ये ३ वटालाई कारबाही गरेका छौँ भने बाँकीलाई विभागमा बोलाएका छौँ ।’
निरीक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको जानकारी दिए ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया