पर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौँको न्यूरोड र मख्खन गल्लीमा अनुगमन गरेको हो ।
बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खन गल्लीमा ७ वटाभन्दा धेरै पसलमा अनुगमन गरेको बताए । उनले पसलहरूले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरूको अनुगमन गरेको बताए । अनुगमनमा मुख्य समस्या खरिद बिक्री बिलको रहेको बताए ।
उनले तीन जनालाई तत्काल जरिवाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए । उनले पसलमा मुख्य व्यापारी नभएकाले तीन दिनभित्र विभागमा उपस्थित हुनु पर्ने बताए ।
‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ, आज न्यूरोड र मख्खनगढीमा हाम्रो टोलीले अनुगमन गरेको छ,’ निरीक्षण अधिकृत झाले भने, ‘त्यहाँका ७ वटाभन्दा धेरै पसलमा अनुगमन गरेका छौँ, त्यसमध्ये ३ वटालाई कारबाही गरेका छौँ भने बाँकीलाई विभागमा बोलाएका छौँ ।’
निरीक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको जानकारी दिए ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया