मन्त्रीको टुङ्गो लगाउन जसपाले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच सत्ता गठबन्धनले मंगलबार मन्त्रीको भागबण्डा टुंगो लगाएको छ ।
गठबन्धनमा रहेका सबै दललाई भागबण्डा मिलेपछि पार्टीबाट मन्त्रीको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) आन्तरिक छलफलमा जुटेको छ ।
मन्त्रीको भागबण्डा मिलेपछि मंगलबार जसपा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठकमा मन्त्रीको टुंगो नलागेपछि बुधबार पार्टी कार्यकारी समितिको बैठक बोलाइएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी सरकारमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको जसपाले जनाएको छ ।
पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउन बुधबार विहान ११ बजे जसपा केन्द्रीय कार्यकारी समितिको बैठक बालकुमारीमा बस्ने भएको छ । उक्त बैठकले मन्त्रीको नाम टुंगो लगाउने जनसपा नेता महेन्द्र राय यादवले जानकारी दिए ।
जसपालाई भौतिक पूर्धाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय दिने सत्ता गठबन्धन दलहरुबीच सहमति जुटेको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया