जलवायु परिवर्तन सम्झाउने तीन वैज्ञानिकलाई नोवेल पुरस्कार
मेरोन्यूज
२०७८ असोज १९ गते २१:५५

काठमाडौं । जलवायु परिवर्तनको जटिलताबारेमा जानकारी दिएका भौतिक शास्त्रका तीन वैज्ञानिकलाई नोवेल पुरस्कार घोषणा गरिएको छ ।
नर्वेको राजधानी स्टकहोममा पुरस्कार समितिले एक समारोहमा स्युकुरो मनाबे, क्लास हेसलम्यान तथा जर्जियो पारिसीलाई नोवेल पुरस्कार दिने घोषणा गरेको हो ।
मनाबे तथा हेसलम्यानको कामले पृथ्वीमा जलवायु सम्बन्धमा विश्व जलवायु परिवर्तनको प्रभावको भविष्यवाणी सम्भव भएको कम्प्युटर मोडल बनेको छ ।
विजेतालाई पुरस्कार स्वरुप एक करोड क्रोनर अर्थात १४ करोड रुपैँया प्रदान गरिनेछ । जलवायु विज्ञानमा जटिल भौतिक चिजको दीर्घकालीन ब्यवहारको अनुमान गर्न निकै मुश्किल हुने गर्दछ ।
सम्बन्धित
प्रतिक्रिया