भारतसँग सम्वन्ध सुधार्न कांग्रेस नेता भोलि भारत जाने

काठमाडौं । भारतसँग सिमा विवाद, नाकावन्दी लगायत अन्य राजनीतिक कारणवाट विग्रेको सम्वन्ध सुधारको प्रयासमा सत्तासिन दल नेपाली कांग्रेस लागेको छ । त्यसका लागि कांग्रेसले भारतसँग सम्बन्ध सुधारका लागि एक प्रतिनिधिमण्डललाई भोलि बिहीबार भारत पठाउने तयारी गरेका छ ।
कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसले प्रतिनिधीमण्डल भारत पठाउन लागेको हो । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसले महतको नेतृत्वमा तीन सदस्यीय टोली भारत पठाउन लागेको हो । टोलीमा उदय शम्शेर जबरा र अजय चौरसिया रहने कांग्रेसले जनाएको छ ।
भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसले महत लगायतको तीन सदस्यीय टोलीलाई भारत पठाउन लागेको हो ।
प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यसअघि चौथाइवाले भदौको पहिलो साता कांग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए । उनले प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणाको हातबाट राखी वाधेर भातृत्व आदानप्रदान गरेका थिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया