भारतसँग सम्वन्ध सुधार्न कांग्रेस नेता भोलि भारत जाने

काठमाडौं । भारतसँग सिमा विवाद, नाकावन्दी लगायत अन्य राजनीतिक कारणवाट विग्रेको सम्वन्ध सुधारको प्रयासमा सत्तासिन दल नेपाली कांग्रेस लागेको छ । त्यसका लागि कांग्रेसले भारतसँग सम्बन्ध सुधारका लागि एक प्रतिनिधिमण्डललाई भोलि बिहीबार भारत पठाउने तयारी गरेका छ ।
कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसले प्रतिनिधीमण्डल भारत पठाउन लागेको हो । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसले महतको नेतृत्वमा तीन सदस्यीय टोली भारत पठाउन लागेको हो । टोलीमा उदय शम्शेर जबरा र अजय चौरसिया रहने कांग्रेसले जनाएको छ ।
भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसले महत लगायतको तीन सदस्यीय टोलीलाई भारत पठाउन लागेको हो ।
प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यसअघि चौथाइवाले भदौको पहिलो साता कांग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए । उनले प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणाको हातबाट राखी वाधेर भातृत्व आदानप्रदान गरेका थिए ।
















राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया