शनिबार, चैत २, २०८१

लोसापाले प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग्यो

मेरोन्यूज २०७८ असोज २० गते १५:४०

काठमाडौं । प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।

बुधबारको बसेको लोसपाको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा मागेको हो । अख्तियारले नै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेकोले प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै मुख्यमन्त्री राउतले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न बैठकले सुझाव दिएको लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले बताए ।

अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै सोनलले आफ्नो नैतिकता बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्नेमा विश्वासको मत समेत नलिएको सोनलको भनाइ छ ।

मुख्यमन्त्री राउतले भने मुख्यमन्त्री कार्यालयलाई बदनाम गर्ने र संघीयता कमजोर पार्ने उद्देश्यले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाउँदै आएका छन् ।

केही दिनअघि अख्तियारले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर केही कागजातहरु जफत गरेको थियो ।

प्रतिक्रिया