लोसापाले प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग्यो

काठमाडौं । प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।
बुधबारको बसेको लोसपाको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा मागेको हो । अख्तियारले नै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेकोले प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै मुख्यमन्त्री राउतले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको हो ।
मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न बैठकले सुझाव दिएको लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले बताए ।
अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै सोनलले आफ्नो नैतिकता बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्नेमा विश्वासको मत समेत नलिएको सोनलको भनाइ छ ।
मुख्यमन्त्री राउतले भने मुख्यमन्त्री कार्यालयलाई बदनाम गर्ने र संघीयता कमजोर पार्ने उद्देश्यले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाउँदै आएका छन् ।
केही दिनअघि अख्तियारले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर केही कागजातहरु जफत गरेको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया