वैद्य माओवादीको निश्कर्षः संयुक्त सैन्यअभ्यास भारतीय शासक वर्गको ताबेदारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास गराएर सरकारले भारतीय शासक वर्गसँग ताबेदारी गरेको आरोप लगाएको छ ।
क्रान्तिकारी माओवादी दुई सम्म चलेको पोलिटब्यूरो बैठकले नेपाल–भारत संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ ।
गत असोज ४ गतेदेखि १६ गतेसम्म भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गुणस्तरीय संयुक्त सैनिक अभ्यास भएको थियो ।
नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना नेपाली सेनाले उक्त संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाएका थिए ।
उक्त अभ्यासमा सैनिक युद्धकलाका साथै प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्काबेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत साटासाट गरेका थिए ।
संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवं आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास गर्दै आएको छ ।
यस्तै, क्रान्तिकारी माओवादीको वैठकले कालापानीबाट भारतीय सेना तुरुन्त फिर्ता गर्न र सो क्षेत्रमा नेपाली सेना खटाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
वैठकले लिपुलेक तथा लिम्पियाधुरासहित कालापानी क्षेत्रमा अविलम्ब जनगणना गर्न नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विज्ञप्ति मार्फत जनाएका छन् ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया