वाग्मती प्रदेशमा हिउँदे अधिवेशन आह्वान

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।
शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमत परेको थियो ।
सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानूनी बाध्यता छ ।
वाग्मती प्रदेशमा हाल १०९ जना सदस्य छन् । जसमध्ये सभामुखसहित ५६ सदस्य रहेको एमालेकोतर्फबाट एकल बहुमतको सरकार बनाउनुभएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ जना सदस्य मात्र छन् । सरकार टिकाउन ५५ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ ।
प्रदेशसभामा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एस) को १३ र स्वतन्त्र एकजना गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ । सदनमा तीन मत रहेको विवेकशील साझा पार्टीले पनि मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ । (रासस)
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया