भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

भक्तपुर । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो । यहाँका नौवटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।
भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ ।
त्यसैगरी भक्तपुरमा आजै रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैन । घटस्थापनाका दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्रपरा छ ।
नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीका दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।
नवमीका दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचण्लन छ । नवमीका दिन रातिभरि र दशमीका दिन ब्रह्मायणीमा हजारौको भीडमा मेला भर्ने गरिन्छ । रासस
















लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया