चलचित्र “प्रेमगन्ज”को ३३ दिनमा सकियो काठमाडौँ छायांकन

काठमाडौँ । अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र “प्रेमगन्ज”को काठमाडौँ सेड्युल ३३ दिनमा सकिएको छ । यसभन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौँमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ, जुन दसैँ पछिको कार्यतालिका अनुसार काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा हुने छ ।
सामान्य तया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छाँयाकन चल्ने छ ।

अन्य तिन वटा नेपाली चलचित्र खिचे झै तपाइँले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने “अन्य नेपाली चलचित्रमा पचपन्नदेखि एक सयको हराहारी सम्म्को दृश्य संख्या हुन्छ । यसमा ए÷बि सहित तीन सय पचास दृश्य छ । लगभग दस हजार सट छ । त्यस मध्ये पनि लोकेशन अतिनै सिफ्ट छ । त्यसकारण पनि धेरै दिन लागेको होला त्यो बाहेक त्यस्तो अरु कुनै विशेष कारण नभएको उनले बताए ।

तीन सय पचास दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ ।
सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया