धनकुटाबाट नक्कली नोट कारोबार गर्ने ६ जना पक्राउ
काठमाडौँ । नक्कली नोट कारोबारको आरोपमा प्रहरीले धनकुटाबाट ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका वर्ष २६ का विशाल तामाङ, सोही स्थानका वर्ष २४ का सोनम तामाङ, महालक्ष्मी नगरपालिका ८ का वर्ष २६ का सुमन खड्का, वडा नं। ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ विकाश तामाङ तथा ताप्लेजुङको याङबरक गाउँपालिका ४ का वर्ष २६ का छितेन तामाङ रहेका छन् ।
असोज ११ गते धनकुटाको मुलघाटबाट २८ हजार नक्कली नोटसहित प्रहरीले विशाल र छितेनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले थप अरूलाईसमेत पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई नक्कली नोटको प्रयोग गराउन लगाउने अर्का एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेकालाई जिल्ला अदालत धनकुटामा खोटा मुद्राअन्तर्गतको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरी थुनामा राखिएको प्रहरीले जनाएको छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया