मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदै

काठमाडौँ । मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदै छ । प्रधानमन्त्री शेरवहादुर देउवाले लामो समयपछि आज मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएको ९० दिन पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भईरहेको थियो ।
प्रधानमन्त्री देउवाले ज्योतिषीसँग साइत हेराएर नवनियुक्त मन्त्रीहरुले दिउँसो ४ बजे सपथ ग्रहण गदैछन् । बिहीबार बसेको सत्ता गठबन्ध दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेपछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । केही दिन अगाडी मात्रै दलहरुबीच मन्त्रालय भागबण्डा भएको थियो । तर देउवा सरकार बनाउन निर्णायक बनेको एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रालय लिने र कानुन तथा संसदीय मामिला मन्त्रालय काग्रेसले लिने गरी अघिल्लो सहमति परिमार्जन गरिइएको छ ।
सत्ता गठवन्धन दलहरुबीच कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ । नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।
जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण र नेकपा एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ । गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सुरुमा कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री बनाएका थिए । देउवाले पछि कांग्रेसबाट स्वास्थ्य राज्यमन्त्री र परराष्ट्र मन्त्री थपेका थिए ।
मन्त्रीको नाम टुंगो लगाउदै दलहरु
सत्ता गठबन्धनमा मन्त्रीको भागबण्डा मिलेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् । योसँगै सत्ता गठबन्धनका दलहरु मन्त्रीको नाम टुंगो लगाउने आन्तरिक तयारिमा लागेका छन् । माओवादी केन्द्रले आफूले पठाउन वाँकी ३ मन्त्रालय र १ राज्यमन्त्रीको नाम वुधबार नै टुुंगो लगाइसकेको छ ।
माओवादीले स्थायी समिति सदस्य देवेन्द्र पौडेल, महेश्वर गहतराज र शषी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । कांग्रेसमा पौडेल पक्षले ३ मन्त्री पाउनु पर्ने माग देउवासँग गरिरहेका छन् । तर देउवाले पौडेल पक्षलाई २ र सिटौला पक्षलाई १ मन्त्रालयको जिम्मा दिन चाहेका छन् । पौडेल समुहमा आकांक्षी नेताहरुको संख्या वढी रहेको र मन्त्रालयको संख्या देउवाले २ मात्र दिने बताएपछि पौडेल पक्ष अप्ठ्यारोमा छ । पौडेल पक्षबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतम मन्त्रीका आकांक्षी छन् । पौडेल पक्षले २ मन्त्रालय पाउने भएपछि रिजाल र बडूको सम्भावना बढी रहेको बताइएको छ ।
जसपामा भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मा पाएका थिए । उनीहरुले आन्तरिक छलफल गरेपनि नाम गोप्य राखेका छन् । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आलेलाई सरकारमा पठाउने तयारी गरेको छ ।









गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
प्रतिक्रिया