माधव नेपालको पार्टी र नेकपा एकीकृतबीच पार्टी एकीकरण
मेरोन्यूज
२०७८ असोज २२ गते १५:२९

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकीकरण भएको छ ।
निर्वाचनमा आयोगमा दर्ता भएका एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकीकरण गरी एकीकृतले पाएको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको छ ।
पार्टी एकतापछि पार्टीको नाम भने नेकपा (एकीकृत समाजवादी) नै रहने भएको छ ।
सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई मान्यता नदिएपछि नेकपा एमालेबीच दुई लाइन संघर्ष चर्किरहेकाबेला एमालेका पूर्व विद्यार्थी नेता जीवन राईले निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ता गरेका थिए ।
राई अध्यक्ष रहेको एकीकृतलाई आयोगले कलम चुनाव चिन्ह दिएको थियो ।

सम्बन्धित
प्रतिक्रिया