बुधबार, फागुन ७, २०८१

उपत्यकामा ७४ प्रतिशतले कोरोना खोप लगाए

मेरोन्यूज २०७८ असोज २२ गते १९:११

काठमाडौं । नेपालमा कोरोनाभाइरस विरूद्धको खोप लक्ष्यअनुसार लगाइएको छ।

Advertisement
IMEnabil

असोज मसान्तमा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्यांकअनुसार सो लक्षित जनसंख्यालाई खोप लगाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ। उनका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ। अठार वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ।

यस्तै, काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ।

सहप्रवक्ता डा अधिकारीका अनुसार १७ लाख ४५ हजार ५७० जना र पूर्णमात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ। उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन्। रासस

प्रतिक्रिया