नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा

काठमाडौँ । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौँको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरे ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य रेग्मीले साधना लघुवित्तले घरदैलोमा बैंकिङ सेवा पु¥याउन महत्वपूर्ण भूमिका र राष्ट्र बैंकले क, ख, ग, घ वर्गका कति बैंक तथा वित्तीय संस्था आवश्यक छ अध्ययन गरेर अनुमतिपत्र प्रदान गर्नुपर्ने उल्लेख गरे ।
कार्यकारी अधिकृत न्यौपानेले साधना लघुवित्तले चालू आर्थिक वर्षमा १६ शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । “ग्रामीण तथा सहरी क्षेत्रमा वित्तीय सेवासँगै वित्तीय साक्षरता दिन जरुरी छ”, उनले भने ।
साधना लघुवित्तले चार वर्षको अवधिमा ३१ जिल्लामा ९३ शाखा स्थापना गरी तीन अर्ब ८० करोड कर्जा लगानी गरिसकेको छ । उक्त वित्तीय संस्थाले ७७ हजारभन्दा बढी घरपरिवारलाई प्रतक्ष्य वित्तीय सेवा दिँदै आएको छ ।

















‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया