‘छाब्दीलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाइने’

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे ।
उनले भने, “छाब्दीलाई जिल्लाको र गण्डकी प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने अभियानमा म विगतदेखि नै लागेको छु, भविष्यमा पनि दत्तचित्त भएर लाग्नेछु ।” मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि ५० लाखदेखि एक करोडसम्मको बजेट विनियोजन गराउने आश्वासन दिए ।
फरक प्रसङ्गमा उनले बेरोजगार युवालाई रोजगारी दिनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि सरकारसँग आग्रह गरे ।
















बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया