‘प्रेस’ कार्ड दुरुपयोगप्रति ध्यानाकर्षण
काठमाडौँ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ ।
महासंघले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ ।
यद्यपि, सो कार्य दोहोरिएको पाइए कारबाहीका लागि सम्बन्धित निकायसमक्ष पत्रकार महासंघ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति स्वयम् हुने सूचनामा भनिएको छ ।
पछिल्लो समयमा जिल्लामा खुलेका केही नयाँ अनलाइनले जथाभावी रिपोर्टरका नाममा केही व्यक्तिलाई ‘प्रेस’ कार्ड वितरण गरेको र ती कार्डधारी व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएको महासंघले जनाएको छ ।

















शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया