शनिबार, फागुन ३, २०८१

‘प्रेस’ कार्ड दुरुपयोगप्रति ध्यानाकर्षण

मेरोन्यूज २०७८ असोज २५ गते ७:३१

काठमाडौँ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

Advertisement
IMEnabil

महासंघले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ ।

यद्यपि, सो कार्य दोहोरिएको पाइए कारबाहीका लागि सम्बन्धित निकायसमक्ष पत्रकार महासंघ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति स्वयम् हुने सूचनामा भनिएको छ ।

पछिल्लो समयमा जिल्लामा खुलेका केही नयाँ अनलाइनले जथाभावी रिपोर्टरका नाममा केही व्यक्तिलाई ‘प्रेस’ कार्ड वितरण गरेको र ती कार्डधारी व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया