सभापतिको मनोमानीले पार्टीको बिधान च्यात्ने काम भयो : कांग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको बिधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको समेत बताए ।
‘बिधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउँनुपर्ने अवस्था छ । जिल्ला पिच्छे फरक-फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरु जसरी पनी पार्टी कब्जाको अभियानमा छन ।’ कोइरालाले भने ।
कांग्रेसको ईतिहाँसमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए ।
सुन्दरहरैंचा नगर मोरङ्को नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता डा कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए । कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताए ।
कांग्रेसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताए ।








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया