सभापतिको मनोमानीले पार्टीको बिधान च्यात्ने काम भयो : कांग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको बिधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको समेत बताए ।
‘बिधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउँनुपर्ने अवस्था छ । जिल्ला पिच्छे फरक-फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरु जसरी पनी पार्टी कब्जाको अभियानमा छन ।’ कोइरालाले भने ।
कांग्रेसको ईतिहाँसमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए ।
सुन्दरहरैंचा नगर मोरङ्को नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता डा कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए । कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताए ।
कांग्रेसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताए ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
कलाकार सागर लम्साल (बले) पक्राउ
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया