मंगलबार, चैत २४, २०८२

नेताहरुले सर्वसत्तावादी शैलीमा देश व्रह्मलुट गरिरहेको छ : राप्रपा अध्यक्ष थापा

मेरोन्यूज २०७८ असोज २५ गते १७:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताए ।

अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको बताए । उनले नेपालमा हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्ति हाबी भइरहेको बताए । उनले अहिलेको प्रजातन्त्रमा केही सिमित दलका सिमित नेताहरुको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको बताए ।

अध्यक्ष थापाले भने, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाई हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रुपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतहरुको रणनैतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सिमित दलका सिमित नेताहरुको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको छ ।’

प्रतिक्रिया