शनिबार, वैशाख २६, २०८३

‘सुरक्षित दशैँ मनाऔं” नाराका साथ सिभिलको सि.यस.आर कार्यक्रम

मेरोन्यूज २०७८ असोज २६ गते ४:४५

काठमाडौं । सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा “सुरक्षित दशैँ मनाऔं” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ ।

Advertisement
NiccNicc

वडा दशैंको नवांै दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्र्दैै बैंकले काठमाण्डांैको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ ।

यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वताएका छन् ।

प्रतिक्रिया