हिरासतभित्र आत्महत्या प्रकरणः हकिवका परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अध्यक्षमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिका–५ का मियाँले गत आइतबार आत्महत्या गरेको बताइएको छ । बैठकले हकिवले आत्महत्या गरेका विषयमा छानबिन गर्ने र कोही दोषी देखिए आवश्यक कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र सामाजिक सद्भाव कायम गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए ।
मृतक परिवार र प्रशासनबीच सहमतिपछि पीडित परिवारले शव बुझेका छन् । बैठकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोसीका अध्यक्ष अयुव अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका कावा अध्यक्ष पुनमकुमारी मेहता सहभागिता थियो ।
यसैगरी नेपाली कांग्रेसका सुनसरी सचिव केदार भण्डारी, नेकपा (माओवादी केन्द्र)का योगेन्द्रप्रसाद मण्डल (पप्पु), जनता समाजवादीका अध्यक्ष भगिरथ खत्वे, नेकपा (एमाले)का राम कोइराला, नेपाल पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झा, समाजसेवी भुवनेश्वर यादव, मौलाना हारुन खाँ सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापालगायतको पनि सहभागिता थियो ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया