मंगलबार, पुष १, २०८२

कसरी पकाउँदा स्वादिष्ट हुन्छ मासु ? (विधिसहित)

मेरोन्यूज २०७८ असोज २६ गते ८:३०

वडा दशैंमा सवैभन्दा वढी मासुका परिकार बन्ने गर्छन् । दशैको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन पनि जान्नु पछ । यसका लागि निम्न बुँदालाई ध्यान दिन आवश्यक छ :

पकाउने विधि:-

१) सकेसम्म घरमै वा आफ्नो तोरी मिलमा पेलेको तोरीको तेल प्रयोग गर्नुपर्छ ।
२) कराई, कसौडीमा मासुको तौल हेरर तेल राखेर तताउनुपर्छ ।
३) तेल तातेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्ता, फुराउनुपर्छ ।
४) प्याज हालेर रातो हुनेगरी भुट्नुपर्छ ।
५)प्याज रातो भएपछि खसिको मासु राख्नुपर्छ ।
६) खसिको मासुलाई तीन मिनेटसम्म चलाउँदै घुट्नुपर्छ ।
७) तीन मिनेटपछि बेसार, नुन राखेर चलाउनुपर्छ ।
८) नुन र बेसार राखेको मासुलाई २५ मिनेटसम्म सानो आगोको तापमा पकाउनुपर्छ ।
९) समय–समयमा मासु चलाउनुपर्छ ।
१०) मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउनुपर्छ ।
११) ४० मिनेट पछि घरमै पिधेँको मसला हाल्ने र राम्रोसँग चलाउनुपर्छ ।
१२) मसला राखेको ५ मिनेटमा काटेको टमाटर राख्नुपर्छ ।
१६) टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्नुपर्छ ।
१७) मासुमा मनतातो पानी हालेपछि ६ मिनेट पकाउनुपर्छ ।
१८) मासु पाक्छ । पाकेको मासुमा काटेको हरियो धनिया राख्ने ।
१९) ग्रेभी र झोल मासु तयार हुन्छ । दशैसँगै अघिपछि मिठो स्वादमा खान पाइन्छ ।

प्रतिक्रिया