भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पा । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।
“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने । उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भने, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।”
पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् । मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया