मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

माले । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।
कोभिडका कारण अघिल्लो वर्ष पर्यटक नआएकामा अहिले यहाँ १२२ प्रतिशतसम्म पर्यटक बढेका सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।साथै सो मन्त्रालयका अनुसार तर त्यो भन्दा पनि अघिल्लो अर्थात् सन् २०१९ का तुलनामा भने यहाँ पर्यटक कम आएका छन् । सन् २०१९ को यही अवधिका तुलनामा यसवर्ष यहाँ २९ प्रतिशत कम पर्यटक आएका हुन् । यसवर्ष यहाँ आएका पर्यटकमा अधिकांश भारतीय रहेका छन् ।
त्यसैगरी एसियाका अरु देशका नागरिक र रुस तथा जर्मनीका पर्यटक यहाँ आएका थिए । यी देशका मात्र यहाँ २३ प्रतिशत पर्यटक आएका थिए ।त्यसपछि यहाँ फ्रान्स, ताजकिस्तान, स्पेन, बेलायत र अमेरिकी पर्यटक आएका छन् । तर यी देशका भने थोरै मात्र पर्यटक यहाँ आएका छन् । मालदिभ्स पर्यटकीय देश हो । मालदिभ्सको राजधानी मालेमा विश्वका देशका नागरिकहरु विदा मनाउन आउने गर्दछन् ।
त्यसैले यस देशको मुख्य आय पनि पर्यटन नै हो । तर विश्वका अरु देशहरु जस्तै मालदिभ्सलाई पनि कोभिड १९को असरले छोएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया