मुगु दुर्घटना : टायर पञ्चरका कारण दुर्घटना, सबै मृतकको सनाखत
काठमाडौं । नेपालगन्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नम्बरको यात्रुवाहक बसको ‘टायर पञ्चर भई दुर्घटना’ भएको खुलेको छ । मंगलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपालन्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको सो यात्रुवाहक बस मंगलबार दिउँसो करिब १ बजे छायाँनाथ रारा नगरपालिका—७, पिनागाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा ५०० मिटर्जति तल खसेको छ । यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल पिनागाउँमा रहेको प्रहरीचौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थलमुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखिएको र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।
सुचिमा हेर्नुहोस्
लग्न सेजुवाल (१९ वर्ष) – छायाँनाथ रारा-७
नाम नखुलेका २ वर्षीय बालक – छायाँनाथ रारा-७
भगवती बम (२० वर्ष) – छायाँनाथ रारा-७
पुजा बुढा (१८ वर्ष) – छायाँनाथ रारा-१०
प्यारी बिक (३३ वर्ष) – छायाँनाथ रारा-८
सन्तोष बिटालु (२२ वर्ष) – छायाँनाथ रारा-८
छारा सावत (२२ वर्ष) – छायाँनाथ रारा-१२
दानबहादुर रावल (चालक, ३५ वर्ष) – छायाँनाथ रारा नगरपालिका
सरिता खड्का (२० वर्ष) – छायाँनाथ रारा-१०
कर्णसिह बुढा (२२ वर्ष)- छायाँनाथ रारा-१४
चन्द्रादेवी मल्ल (२३ वर्ष) – छायाँनाथ रारा नगरपालिका
रामामाया भाम – छायाँनाथ रारा-६
उम्मर सावद (१८ वर्ष) – छायाँनाथ रारा-६
प्रकाश बुढा (२२ वर्ष) – छायाँनाथ रारा-११
अजय कार्की (२९ वर्ष) – छायाँनाथ रारा-५
कमला बिसी (३२ वर्ष) – छायाँनाथ रारा-५
सुनबहादुर बिक (२२ वर्ष) – छायाँनाथ रारा-१०
शिब बुढा – छायाँनाथ रारा-१४
अमृता शाही राना (२१ वर्ष) – छायाँनाथ रारा-७
आयुष राना (२ वर्ष) – छायाँनाथ रारा-७
रुपसिंह कार्की (२० वर्ष) – छायाँनाथ रारा-१४
महेन्द्र शाही (२२ वर्ष) – छायाँनाथ रारा-७
मनरुप कुमाई – सोरु गाउँपालिका-३
प्रदिप स्वर्णकार (२२ वर्ष) – राँझा, बाँके
चन्द्रप्रकास भाम (१८ वर्ष) – छायाँनाथ रारा-४
आदित्य बिक्रम शाह – छायाँनाथ रारा-७
आइतसिंह कामी (२३ वर्ष) – सोरु गाउँपालिका-८
टोपबहादुर बिष्ट (२८ वर्ष) – छायाँनाथ रारा-८













51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया