शुक्रबार, कार्तिक ३०, २०८१

यो दशैमा जाने हैन त पाथिभरा दर्शन गर्न ?

मेरोन्यूज २०७८ असोज २७ गते १६:४५
File Photo

काठमाडौं । पछिल्ला केहीवर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदैछ । घरमै सबैजना बसेर रमाइलो गर्ने त छँदैछ, सपरिवार वा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ । यसरी घुम्न जाँदा यातायात, बसोबास र अन्य गतिविधिमा कति खर्च हुन सक्छ ? लागत निकालेर घुम्न निस्कनु अझ उपयुक्त हुन्छ ।

Advertisement

यो दशैंमा तपाईले एउटा घुम्ने गन्तव्य बनाउँन सक्नु हुन्छ, नेपालको पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित यो सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण पाथिभरा देबि मन्दिरको दर्शन गर्न ।

समुन्द्र सतहबाट ३,७९४ मिटरको उचाईमा रहेकी पाथिभरा देबिको मन्दिरमा दर्शन गर्नाले आफुले सोचेका कुरा पुरा हुने विश्वास छ । अन्न भरिएको पाथीझैं आकृतिको पहाडको टुप्पोमा रहेकाले यी देवीको नाम पाथीभरा रहन गएको किंवदन्ती छ । यस मन्दिरमा दर्शन गर्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास छ । पाथिभरा दर्शन गर्न जान असोज कार्तिक र चैत बैशाख महिना उपयुक्त मानिन्छ ।

पाथिभरा मन्दिर कसरी जाने कति लाग्छ खर्च ?

यदि तपाई काठमाडौेंबाट ताप्लेजुङको पाथिभरा मन्दिर जादै हुनुहुन्छ ? कम्तीमा पनि ५ दिनको समय छुट्याउँनु पर्ने हुन्छ । आफुलाई अझ धेरै समय छ भने त थप केही दिन ताप्लेजुङ, फिदिम र ईलाम घुम्न पनि सकिन्छ । तर थोरैमा पनि ५ दिनको समय भने छुट्याउँनै पर्छ ।

काठमाडौंबाट जाँदा पहिलो दिन ईलाम बस्ने । भोली पल्ट अर्थात दोस्रो दिन बिहानै सुमो यातायातबाट करिब ५ घण्टाको यात्रा गरेपछि ताप्लेजुङ बजार पुगिन्छ । ताप्लेजुङ बजारबाट बुलेरो चढेर सुकेटार बिमानस्थल हुदै जाँदा करिब डेढ घण्टामा पाथिभरा मन्दिर प्रवेश द्दवार अर्थात तल्लो फेदी पुगिन्छ ।

सोही क्षेत्रमा पनि बस्न सकिन्छ । वा समय छ भने मन्दिर प्रवेशद्धारबाट करिब साढे २ घण्टाको उकालो जङगलको बाटो हिडेर उप्लो फेदीमा पुगेर पनि बास बस्न सकिन्छ । उक्त जंगलमा पाँच औंले, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिबुटी र राष्ट्रिय पंक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत २ सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालु लगायत पाईन्छ ।

तल्लोफेदीबाट नै न्यानो कपडा पञ्जा, टोपी, ,ज्याकेट, मोजा जुत्ता लगाउँनुपर्छ । जति उकालो गयो त्यति लेक लाग्ने समस्या आउने हुन्छ । त्यो समस्या आउँन नदिन झोलामा केही फलफुल ,ड्राइफ्रुट, तातो पानी, ल्वाङ्, अदुवा, घरमै बनाएको सातु बोक्ने । खादै खादै पनि जान भयो । अर्को साथमा छुटाउँनै नहुने प्राथमिक स्वास्थ्य सामाग्री पनि अनिवार्य बोक्नुपर्छ ।

उप्लो फेदीमा करिब ३० देखि ४० घर रहेका छन् । त्यही बास बस्ने बेलुकाको समयमा विभिन्न जिल्लाबाट आएका आन्तरिक तथा भारतबाट आएका वाहेक पर्यटकहरुले त्यहाँको माहोल पनि निकै रमाईलो बनेको हुन्छ । खाना र बस्नको ब्यवस्था स्थानिय गाउँघरमा हुने जस्तै छ । बेलुकाको समयमा आगो ताप्ने नाचगान गर्दा छुटै रमाईलो हुन्छ ।

बिहानै उठेर अढाई घण्टा पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । परिवार वा साथीहरुसँग गफ गदै फोटो खिच्दै हिड्दा करिब ३ घण्टाको बाटो गएको पत्तैै हुदैन् । पृष्ठभूमिमा सेता टल्क टलेका कञ्चनजंघा, कुम्भकर्ण, मकालु लोत्से, नोत्से, डोम हिमाल हेर्दा गलेर र थाकेको पिडा शरिरले सबै बिर्सिन्छ । मन्दिर जाने इच्छा भएका तर पैदल हिड्न नसक्नेका लागि पनि त्यहाँ मान्छे बोक्ने भरिया भेटिन्छ ।

ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शन पछि तेस्रो दिन तप्लेजुङमानै बस्न सकिन्छ । चौथो दिन ईलाम आउँने । उक्त दिन ईलाम नै बस्ने । पाँचै दिन अर्थात त्यसको भोलीपल्ट काठमाडौं फर्कने । काठमाडौं देखि ताप्लेजुङसम्मको खर्च १५ हजार रुपैयाँसम्म लाग्छ ।

प्रतिक्रिया