कैलाली प्रहरीले ड्रोनबाट दशैँ लक्षित सुरक्षा चेकजाँच बढायो

कैलाली । दसैंलाई लक्षित गरेर कैलाली प्रहरीले ड्रोनबाट समेत सुरक्षा चेकजाँच बढाएको छ। नेपालीहरूको महान पर्व बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तयार पारिएको सुरक्षा योजना २०७८ अनुरुप कुकुरका साथै ड्रोनबाट समेत सुरक्षा चेकजाँच गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित, भरपर्दो, विश्वसनीय बनाउनुका साथै जनजीवनलाई सुखमय बनाउन र नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन बढी भिडभाड हुने क्षेत्रमा ड्रोनको प्रयोग गरेर सुरक्षा चेकजाँच गरिएको बताए ।
दसैंका बेला घरमा ताला ठोकेर जानू पर्ने अवस्था आएमा प्रहरीलाई जानकारी गराउन भन्दै सम्पुर्ण नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी लागि परेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया