मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाँदै छन् । २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन् । बिहान ९ः४५ बजे बुद्ध एयरबाट भैरहवा जाने नीजि सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि खाणले जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागीता जनाउने भएका छन् । त्यस्तै आफ्नो मणिग्रामस्थित निवासमा पनि पुग्ने कार्यक्रम तय भएको छ ।
उनी भैरहवा पुगेपछि बिहान ११ बजे भैरहवामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नेछन् । भेटघाट साढे १२ बजेसम्म चल्नेछ ।
त्यसपछि साढे एक बजेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ । कार्यालय प्रमुखहरुसँगको भेटघाट सकिएपछि आफ्नो मणिग्रामस्थित निवासमा पुग्नेछन् । करिब एक घण्टा त्यहाँ बिताएपछि खाण साढे दुई बजे बुटवलको ज्योतिनगरमा अविरल बर्षाका कारण गरेको गएको पहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न जाने कार्यक्रम तय भएको छ । तीन बजेर २० मिनेटसम्म पहिरोको निरीक्षण गरेपछि साढे तीन बजे नयाँमिल शंकरनगरमा आयोजना हुने स्वर्गीय प्रेम खरेलको शोकसभामा सहभागी हुनेछन् ।
त्यसपछि ५ बजे भैरहवा विमानस्थलमा फर्किएर काठमाडौँ फर्कने कार्यतालिका तय भएको छ ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया