मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाँदै छन् । २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन् । बिहान ९ः४५ बजे बुद्ध एयरबाट भैरहवा जाने नीजि सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि खाणले जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागीता जनाउने भएका छन् । त्यस्तै आफ्नो मणिग्रामस्थित निवासमा पनि पुग्ने कार्यक्रम तय भएको छ ।
उनी भैरहवा पुगेपछि बिहान ११ बजे भैरहवामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नेछन् । भेटघाट साढे १२ बजेसम्म चल्नेछ ।
त्यसपछि साढे एक बजेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ । कार्यालय प्रमुखहरुसँगको भेटघाट सकिएपछि आफ्नो मणिग्रामस्थित निवासमा पुग्नेछन् । करिब एक घण्टा त्यहाँ बिताएपछि खाण साढे दुई बजे बुटवलको ज्योतिनगरमा अविरल बर्षाका कारण गरेको गएको पहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न जाने कार्यक्रम तय भएको छ । तीन बजेर २० मिनेटसम्म पहिरोको निरीक्षण गरेपछि साढे तीन बजे नयाँमिल शंकरनगरमा आयोजना हुने स्वर्गीय प्रेम खरेलको शोकसभामा सहभागी हुनेछन् ।
त्यसपछि ५ बजे भैरहवा विमानस्थलमा फर्किएर काठमाडौँ फर्कने कार्यतालिका तय भएको छ ।
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया