अन्तर्वार्ता
अखिल अध्यक्ष सुनिता बराल भन्छिन् : महिलालाई नेतृत्व तहमा पुग्न निक्कै संर्घष गर्नुपर्छ
सामाजिक मूल्य-मान्यता, मनोविज्ञान, हाम्रो आफ्नै अभ्यासका कारणले राजनीतिको नेतृत्वदायी भूमिकामा महिला पुग्ने कुरा अझै चुनौतिपूर्ण छ

० राजनीतिक जीवन प्रवेशका बारेमा थोरै बताईदिनुस न ?
राजनीतिमा स्कुले जीवनमै गाँउका टोलमा हुने कार्यक्रमहरुमा अलि अलि सहभागिता जनाउँदै आएको थिए । तर खास संगठनमै बसेर काम गर्न थालेको भने उच्च शिक्षा अध्ययन गर्न थालेपछि हो । ११ मा पढ्दा देखि मात्रै म संगठनमा संगठित भएको हुँ । त्यसपछि कमिटीमा बसेर जिम्मेवारी लिएर काम गर्न थालेको हुँ । त्यसपछि भने संगठनको निरन्तर क्याम्पस कमिटी, नगर कमिटी, जिल्ला, पूर्वआञ्चल विश्वविद्यालय कमिटी हुँदै, केन्द्रीय कमिटीमा आए । अहिले देशको मुलधारको विधार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षको भूमिकामा छु ।
० कत्तिको चुनौति ठान्नुहुन्छ, राजनीतिलाई ?
राजनीति चुनौतिपूर्ण नै छ । महिले राजनीतिक यात्रा शुरु गरेको संगठन अखिलको अहिले म आफै नेतृत्वमा छु । यस अर्थमा पनि यो जिम्मेवारी चुनौतिपूर्ण छ । विद्यार्थी राजनीतिको उत्तरार्धमा छु अहिले म । यसपछाडी महिले यो संगठनको जिम्मेवारीको भारी विसाउनु पर्नेछ । नया साथीलाई जिम्मेवारी दिएर मेरो राजनीतिक जीवन पार्टीमा वित्नेछ । अर्थात, एमालेको राजनीतिक जीवन महिले शुरु गर्नुपर्ने हुन्छ । यस अर्थमा पनि यो चुनौतिको यात्रा हुनेछ ।
महिलालाई राजनीति गर्न कति सहज छ नेपालमा ?
राजनीतिमा महिला प्रवेश आफैमा चुनौतिपूर्ण छ । त्यसमाथी नेतृत्वमा पुग्न महिलाका लागि झन जटिल छ । पहिलो, हाम्रो सामाजिक मूल्य–मान्यता, मनोविज्ञान, हाम्रा आफ्नै अभ्यासका कारणले महिला राजनीतिको नेतृत्वदायी भूमिकामा हुने कुरा अझ बढी चुनौति छ । हाम्रो समाजले हेर्ने महिलाप्रतिको दृष्टिकोण मै महिला भनेका पुरुषका सहयोगी मात्र हुन् भन्ने छ । पुरुषप्रधान समाजमा यो विषय निक्कै जकडिएर वसेको छ ।
दोस्रो, हाम्रो जिवनका प्राकृतिक कुराहरुसँग जोडिएका हाम्रो निश्चित जिम्मेवारी हुन्छन् । त्यो कारणले पनि हामी महिलालाई ओझेलमा पारेको हुन्छ । केही समयका लागि ओझलमा पारेको अनुभुति हुने कुरा पनि अर्को पाटो छ ।
तेस्रो, हामी यस्तो अभ्यासमा छौ की, नेतृत्वमा पुग्नु भनेको पुरुषार्थ संग जोडिने विषय ठान्छौं/लिन्छौं । नेतृत्व एउटा व्यवस्थापनसँग जोडिने, एउटा क्वालिटीसँग जोडिने गूणात्मक परिणाम दिने विषय हो । नेतृत्वमा पुग्ने भन्ने कुराको चेतना अझपनि राजनीति गर्ने व्यक्तिहरुमा नै कमि भएको देखिन्छ ।
त्यसकारणले राजनीतिक क्षेत्र आफैमा चुनौतीपूर्ण क्षेत्र हो । त्यसमा पनि महिलाहरुका लागि त अझ बढी चुनौतिपूर्ण छ । तथापी हामीले यो चुनौतिलाई चिर्नका लागि आफू जहाँ छौं त्यो ठाउँमा सफलतापूर्वक र कुसलतापूर्वक थप जिम्मेवारी निर्वाह गर्नु पर्छ ।
० तपाईलाई चही तपाई आफैले भन्नुभएजस्तो यो समाजको मनोविज्ञानसँग जुधेर विद्यार्थी संगठनको नेतृत्वमा पुग्न कत्तिको सहज भयो ?
निश्चत रुपमा सहज हुने त कुरा भएन । तै पनि आफ्नो निरन्तरको लगाव, मिहेनत र लगनशीलताले पक्कै पनि यो जिम्मेवारी मेरो काँधमा सुम्पिने परिस्थिती बन्यो भन्ने लाग्छ । एउटा के सन्देश पनि मेरो अखिलको नेतृत्वको जिम्मेवारीले पक्कै दिएको छ भन्ने लाग्छ भने, सचेततापूर्वक संगठनमा निरन्तर काम गर्ने, अनुशासित र लगनशीलताका साथ काम गर्ने, धैर्य गर्ने वानी बसाल्ने हो भने राजनीतिमा असम्भव नै भन्ने कुरा छैन । सम्भव तुल्याउन सकिन्छ जे कुरालाई पनि । यो मेरो अनुभव हो ।
० संगठनको नेतृत्व सम्हाल्दै गर्दा आउने चुनौति थेग्न सक्नुहुन्छ त ?

म आफ्नो जिम्मेवारीप्रति पूर्ण लगनका साथ उभिएको छु । सचेततापूर्वक काम गर्नु पर्छ भन्ने चेतनाका साथ म अखिलको नेतृत्वमा उभिएको छु । आउनसक्ने जुनकुनै वाधा ब्यवधान र चुनौतिलाई चिरेर अगाडी वढ्ने र काममा परिणाम दिन सक्ने क्षमता देखाउन सक्छु भन्ने आत्मविश्वास र आँट म मा छ । सकेसम्म त्यसमा म आफैलाई तयार गर्छु मेरो क्षमताले, योग्यताले भ्याएसम्म । मसँग मेरो टिम छ । अनेरास्ववियुको टिम मसँग छ, पार्टीको नेतृत्वहरु हुनुहुन्छ । उहँहरु सबैको सुझाव र सहयोगमा संगठनलार्ई सफल बनाउनका लागि हामीले निरन्तर लाग्ने कुराबाट आउन सक्ने चुनौतिहरु समाना गर्ने सक्ने मेरो विश्वास छ ।
० अनेरास्ववियुले अव विधार्थी आन्दोलनलाई अगाडी बढाउने सवालमा गर्ने पर्ने काम के छन् भन्ने ठान्नुहुन्छ ?
अनेरास्ववियु भनेको विद्यार्थी आन्दोलनको एउटा मियो संगठन हो । जाहाँ विधार्थी आन्दोलन, त्यहाँ अनेरास्ववियु भने जस्तै यो पर्यायवाची जस्तै छ । यसको विगत र आजसम्मको गर्विलो इतिहास हेर्ने हो भने हरके जसो विधार्थी आन्दोलनमा यसको अब्बल भूमिकाकै कारण यो संगठन विधार्थी आन्दोलदनको मूलप्रवाह संगठन हो । सवैभन्दा ठूलो र वलियो संगठन हो ।
अब हामीले दुई तिन वटा पाटोमा काम गछौ । त्यो भनेको संगठन निमार्णसँग जोडिएर व्यक्तित्व विकासलाई हामीले ध्यान दिन्छौं । हामीले नौ कक्षाभन्दा माथिका विद्यार्थीलाई संगठनमा संगठित गर्ने गरेका छौ । र विद्यालय शिक्षा नौ कक्षा देखि १२ कक्षासम्मका र विश्वविद्यालय तहमा विद्याथीसँग पुग्दै गर्दा सबैलार्ई राजनीति क्षेत्रमा नै आउनका लागि आर्कर्षित गर्ने भन्दा पनि तिमी जहाँ छौ त्यो ठाउँका लागि असल व्यक्ति, राष्ट्रप्रेमी ब्यक्ति, कुसल व्यत्तित्व निमार्णका लागि हामी पहिलो योजना बनाउने र सहयोग गछौं ।
विद्यार्थीहरुलाई संगठनमा संगठित भएर काम गर्नुपर्छ भन्ने कुरा प्रति सचेत बनाउँदै अगाडि बढ्ने कार्ययोजना बनाउँछौं । त्यो हाम्रो मुख्य कार्यभारभित्रै पर्छ । विद्यायल देखि विश्वविद्यायल तहसम्मको शिक्षालाई व्यवस्थीत गदै समय सापेक्षति बनाउन र संविधानको कार्यान्वयनसँगै शिक्षालाई सम्वृद्ध बनाउन, शिक्षा नै आजको देशको सम्वृद्धिसँग जोडिएको विषय भएकोले विधालय शिक्षादेखि नै जीवनउपयोगी शिक्षाका लागि हाम्रो संगठनले पहलकदमीको भूमिका खेल्नेछ । त्यसका लागि निति निर्माण गर्न स्थानिय सरकार देखि प्रदेश र केन्द्रीय सरकारसम्मलाई घचघचाउने काममा पनि हामी लाग्नेछौं ।
अर्काेकुरा अनेरास्ववियु भनेको सामाजिक संगठन पनि हो । सामाजिक आन्दोलनको नेतृत्व पनि अनेरास्ववियुले गर्ने गरी हामी काम गछौं । अब हामीले देशलाई दुख्दा हरेक नागरिकलाई दुख्नु पर्छ । देश भन्दामाथि अरु कुनै कुरा हुन सक्दैन भन्ने नारासहित जन–जागरणको कार्यक्रम लिएर हामी अगाडी वढ्छौं ।
(हरि भट्टसँगको कुराकानीमा आधारित)
















१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
School shooting in southern Thailand leaves principal dead
62nd Session of Programming Committee of SAARC convenes
आज कति छ सुनको भाउ ?
One dead, four injured in Bharatpur road mishap
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया