शनिबार, चैत २, २०८१

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डमा तय

कोप २६ मा भाग लिन कात्तिक तेस्रो साता स्कटल्यान्ड जाँदै

मेरोन्यूज २०७८ कार्तिक १ गते १८:५२

काठमाडौं । सामान्यतया नेपालका प्रधानमन्त्रीले आफनो पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी मुलुक भारतबाट शुरु गर्ने र भारतले पनि नेपालका प्रधानमन्त्रीलाई पहिलो विदेश भ्रमण आफ्नै देशबाट गराउन चाहाने प्रचलन रहिआएको छ । तर प्रधानमन्त्री शेरवहादुर देउवाको पहिलो विदेश भ्रमण भने भारतबाट नभई स्कटल्यान्डबाट हुने भएको छ ।

देउवाले भारत भ्रमण बाटै आफनो पहिलो विदेश भ्रमण शुरुवात गर्न चाहेपनि यसपटक भने भारतले देउवाको भ्रमणतालिका लगत्तै हतारिएर भन्दा पनि केही समय पछि मात्र गर्ने उदेश्य राखेपछि उनको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट शुरु हुन लागेको हो । भारतबाट भ्रमण गर्ने योजनाका साथ उनले भारतीय सत्तापक्ष भारतीय जनता पार्टीसँगको सम्वन्ध सुधारका लागि हप्ता दिन अगाडी मात्रै पार्टीका सहमहामन्त्री तथा पूर्व परराष्टमन्त्री डा प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय टोलीलाई भारत पठाएका थिए । तर उनको भ्रमणका लागि भारतीय पक्षबाट ग्रिन सिंग्नल नआएपछि उनले स्कटल्याण्न्डबाट भ्रमण शुरु गर्न लागेका हुन् ।

सोमबारको मन्त्रीपरिषद्को बैठकले उक्त भ्रमणको कार्यकतालिकामा देउवाको नेतृत्वमा नेपालको प्रतिनिधीमण्डल स्कटल्यान्ड भ्रमणमा जाने निधो गरेको हो । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् ।

ग्लास्कोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ । उक्त समिटमा अमेरिकाका राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरु सहभागी हुनेछन् ।

विश्वव्यापी जलवायू संकटलाई सम्वोधन गर्ने कोप २७६ को लक्ष्य रहेको छ । सम्मेलनमा २० देखि २५ हजार जनाको सहभागिता रहने बताइएको छ ।

त्यही सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गदै प्रधानमन्त्री देउवा स्कटल्यान्ड भ्रमणमा जान लागेका हुन् । उनी गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसयता उनी स्वदेशमै पनि काठमाडौं वाहिर समेत एकपटक पोखरा पुगेको बाहेक वाहिर गएका थिएनन ।

विदेशमा भने उनी गएकै थिएनन । अव उनी कात्तिकको तेस्रो साता स्कटल्यान्ड भ्रमणमा जानेछन् ।

प्रतिक्रिया