भोलिसम्म रोकिन्न बर्षा, यस्तो छ तीन दिनको मौसमी अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबारसम्म वर्षा नरोकिने बताएको छ । तीन दिनको मौसम पूर्वानुमान गदै विभागले जारी गरेको बुलेटिनका अनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
यो वर्षा भोलि बुधबारसम्म कायमै रहने विभागले जनाएको हो । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले पनि भारी वर्षा भइरहेको विभागले जनाएको छ।
कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना विभागले औल्याएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, विभागले जारी गरेको बुलेटिनमा भनिएको छ, – देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थान र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यी स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ।
तीन दिन यस्तो हुन्छ मौसम
मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्य बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ र २ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
बिहीबार
दिउँसो : प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
















आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया