‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थपिने’
चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारी भएको जानकारी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताएका हुन् ।
“सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सेवा सुविधा थप गरेर सकेसम्म निजी क्षेत्रमा सेवा गर्न जान रोक्नेतर्फ सरकारले प्रयास गरिरहेको छ,” उनले भने । पूर्व स्वास्थ्य तथा जनसंख्या समेत रहेका राज्यमन्त्री श्रेष्ठले यसका लागि समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका हुन् ।
उनले अस्पताल जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनु पर्नेमा जोड दिए । देशभरका ७५३ पालिकामा अहिले पालिका स्तरीय अस्पताल निर्माणको काम भइरहेको जनाउँदै उनले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए ।
उनले भने, “एक सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना बनाएर काम गर्नुस् । जनताले सेवा पाउनु पर्यो ।”
भरतपुर महानगरपालिका–१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराएका थिए । शिवनगर र शारदानगर स्वास्थ्य केन्द्रलाई पालिका स्तरीय अस्पतालका रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको हो ।














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया