सेती नदीमा १० परिवारका ६० जना फसे
मेरोन्यूज
२०७८ कार्तिक २ गते १३:१५

धनगढी । सेती नदीमा आएको बाढीमा परी कैलालीमा १० परिवारका ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीमा ति परिवारका सदस्यहरु फसेका हुन् ।
सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको प्रैहरीले जनाएको छ ।
बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर नदी दुवैतिर बग्दा उनीहरु टापुमै फसेका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । जसकाकारण उनीहरुको उद्धारमा कठिनाइ आईरहेको प्रहरीले जनाएको छ ।
ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका थिए । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएपनि १० परिवारका ६० जना भने फसेका हुन् ।
सम्बन्धित


















संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया