झण्डै ८ महिनापछि भारतमा कम कोरोना संक्रमित पुष्टि

काठमाडौँ । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या २३१ दिनयताको सबैभन्दा कम हो ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् । यो संख्या २२७ दिनयताको सबै भन्दा कम हो । हाल सक्रिय संक्रमित संख्या कूल संक्रमितको ०.५४ प्रतिशत मात्र रहेको प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको महामारी शुरु भएयता हाल संक्रमण मुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मंगलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ ।















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया