झण्डै ८ महिनापछि भारतमा कम कोरोना संक्रमित पुष्टि

काठमाडौँ । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या २३१ दिनयताको सबैभन्दा कम हो ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् । यो संख्या २२७ दिनयताको सबै भन्दा कम हो । हाल सक्रिय संक्रमित संख्या कूल संक्रमितको ०.५४ प्रतिशत मात्र रहेको प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको महामारी शुरु भएयता हाल संक्रमण मुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मंगलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ ।














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया