डाेटीमा मृत्यु हुनेकाे संख्या ११ पुग्याे
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १०:०८

कैलाली । बाढीपहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। जिल्लाकाे सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो। उनका छाेरा रमेश बिक र भतिजा भिम बिक घाईते भएका छन् । छाेरा रमेश भने गम्भिर घाइते रहेकाे बताइएकाे छ ।
त्यस्तै‚ मंगलबार नै छत्रेश्वर खोलाले बगाएर बेपता भएका सायल–१ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेका थिए। योसँगै डोटीमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।पहिरोले आदर्श गाउँपालिका–६ बगिना गाउँका २५ घरमा क्षति पुर्याएको छ ।
सम्बन्धित














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
प्रतिक्रिया